Main News
स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित काठमाडौंँबाट तीनजना पक्राउ
२०७९ कार्तिक १८ गते ९:५४
१८ कात्तिक २०७९ काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौंँबाट तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ३१ लाख ८१ हजार ३८५ रुपयाँसहित भारत नयाँदिल्ली घर भई ठमेलमा बस्ने कमलकान्त कुल्थिया, राजस्थान घर भई ताहाचल बस्ने किशन गोपाल र सप्तरी घर भई नक्साल बस्ने निर्मलकुमार अग्रवाललाई प्रक्राउ गरेको जनाएको छ ।
हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि पक्राउका लागि टोली परिचालन गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैङ्क ऐन २०५८ अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
प्रतिक्रिया