Main News

आजदेखि प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र ढुवानीको काम शुरु हुने

हिमालय टिभी
२०७९ कार्तिक १८ गते ९:४९
आजदेखि प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र ढुवानीको काम शुरु हुने

१८ कात्तिक २०७९ काठमाडौं । मङ्सिर ४ गते हुने निर्वाचनका लागि आजदेखि प्रदेश नम्बर १ को प्रत्यक्षतर्फको मतपत्र ढुवानी गर्ने निर्वाचन आयोगले जनाएको छ ।

यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी करिब ८ करोड मतपत्र आवश्यक पर्ने र आजसम्ममा सबै मतपत्र छपाइ सकिने आयोगले जनाएको छ ।

प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २५ गतेसम्ममा मतपत्र पुगिसक्ने पनि आयोगको भनाइ छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सम्पूर्ण मतपत्र ढुवानी भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *