Main News

लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने

हिमालय टिभी
२०७९ कार्तिक १७ गते ९:१४
लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने

१७ कात्तिक २०७९ काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ ।

हिजो बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । हिजो निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट दुई जनाले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट थप वकिलले आज बहस गर्नेछन् । सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गर्नुभएको छ ।

सन्दीपविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *