Main News

सार्वजनिक पद धारण गरेका व्यक्ति प्रचारमा जाँदा अनुमति अनिवार्यः आयोग

हिमालय टिभी
२०७९ कार्तिक १६ गते १५:०१
सार्वजनिक पद धारण गरेका व्यक्ति प्रचारमा जाँदा अनुमति अनिवार्यः आयोग

१६ कात्तिक २०७९ काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति अनिवार्य लिनुपर्ने भएको छ ।

आज आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य लिनुपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचन आचारसंहितामा व्यवस्था गरिए अनुसार कुनै पनि सरकारी स्रोत र साधनको दूरुपयोग नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।

आयोगले निर्वाचन प्रचारका लागि आयोजना गरिएको आम सभा तथा कोणसभाको तयारीको सम्पूर्ण खर्च पनि निर्वाचन सकिएको मितिले १५ दिन भित्र आयोगमा बुझाउन पनि उम्मेदवारलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचन बिथोल्ने गरी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको थाहा भए आयोगलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *