राजनीति

गठबन्धनकाे साथमा गएका घनश्याम भुसाल, जाे ओलीकाे आलाेचना गर्दै भाेट माग्दै (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १५ गते २१:१६
गठबन्धनकाे साथमा गएका घनश्याम भुसाल, जाे ओलीकाे आलाेचना गर्दै भाेट माग्दै (भिडियो रिपोर्टसहित)

१५ कात्तिक २०७९ रुपन्देही । नेकपा एमाले छाडेर सत्ता गठबन्धनको साथ पाएका घनश्याम भुसाल रुपन्देही १ मा चुनावी प्रचारप्रसारमा ब्यस्त हुनुहुन्छ । भुसाल एमाले अध्यक्ष केपी शर्मा ओली कै आलोचना गर्दै मतदातासँग भोट मागिरहनु भएको छ ।

मंगलबार बिहान चुनावी सम्पर्क कार्यालय उद्घाटनको लागि रुपन्देही क्षेत्र नम्बर १ को देवदह पुगेका घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभयो । पार्टीको ९ औं महाधिवेशनमा कुनै पनि नेताले घुस खान्न भन्ने प्रस्तावदेखि संसद विघटनसम्मका विषयमा भुसालले ओलीको आलोचना गर्नुभयो ।

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्ता गठबन्धनको साथ छ । भुसाल गठबन्धनको साथमा नै चुनाव प्रचारको लागि सम्पर्क कार्यालयको उद्घाटनमा लाग्नु भएको छ । सत्ता गठबन्धनले ओलीले दुई पटक गरेको संसद विघटनलाई नै मुख्य मुद्धा बनाएर चुनाव प्रचार गरिरहेको ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीको साथ पाएका नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पनि कार्यकर्ता भेटघाटसँगै चुनावी कार्यालयको उद्घाटन गर्नुभएको छ । विश्वकर्माले विकास निर्माणको आश्वासन दिएर मतदातालाई फकाउँदै हुनुहुन्छ ।

२०७४ को निर्वाचनमा भुसालले एमालेबाट रुपन्देही क्षेत्र ३ मा विजयी हुनुभएको थियो । एमाले सचिव विश्वकर्मा क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । एमालेमासँगै रहँदासँगै प्रचारप्रसारमा लाग्ने भुसाल र विश्वकर्मा अहिले एकअर्काका कटु आलोचक बनेर भोट मागी रहँदा मतदाता अन्योलमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *