Main News

तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७९ कार्तिक १५ गते १८:१७
तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको आदेश

१५ कात्तिक २०७९ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएको छ ।

उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दर्ता रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको इजलासले तोसिमाको पक्षमा अन्तरिम आदेश दिएको हो।

यो आदेशसँगै मंसिर ४ को निर्वाचनका लागि तोसिमाको उम्मेदवारी कायमै रहने भएको छ। आयोगले कात्तिक १२ गते लाभको पदमा कायम रहेको भन्दै कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो। त्यही उजुरीको आधारमा निर्वाचन आयोगले कार्कीको उम्मेदवारी बदर गरिदिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *