राजनीति

राप्रपा कन्फ्युजन : प्रदेश राजधानीमा १००० बेडका अस्पताल बनाउने, संघीयता खारेज गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १४ गते २१:५३
राप्रपा कन्फ्युजन : प्रदेश राजधानीमा १००० बेडका अस्पताल बनाउने, संघीयता खारेज गर्ने (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुलुकको सबल र समुन्नत नेपाल निर्माणको सोच सहित चुनावी घोषणा पत्र जारी गरेको छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा प्रदेश खारेजको एजेन्डा अघि सारेको राप्रपाले २०८७ सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखेको छ ।

ुएकपटक राप्रपालाई, यसैपटक राप्रपालाईु भन्ने नारा सहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश खारेजी, अभिभावकीय संस्थाको रुपमा राजा रहने शासकीय स्वरुपसहित आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राखेर राप्रपाले घोषणा पत्र जारी गरेको छ ।

राप्रपाको घोषणा पत्रमा सवल र समुन्नत नेपालको दीर्घकालीन सोच लिइएको छ । २०८७ सम्म नेपाललाई मध्यम आयस्तर भएको मुलुकको रुपमा स्तरोन्नती गर्ने मार्गचित्र प्रस्तुत गरेको छ। दीगो आर्थिक विकास, गुणस्तरीय स्वास्थ्य सेवा, गरिबी न्यूनीकरण, रोजगारमुलक उत्पादन वृद्धि र गुणस्तरीय शिक्षालाई दीर्घकालिन राष्ट्रिय रणनीतिको रुपमा उल्लेख गरेको छ ।

यसका साथै २०४६ पछिका उच्चपदस्त नेता तथा कर्मचारीको सम्पति छानविन गरी अवैध सम्पति जफत गर्ने कानुन बनाउने, भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्धती व्यवहारमा लागू गर्ने राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।

पाँच वर्षभित्र ८ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हाँसिल गर्ने, शिक्षामा कुल बजेटको १५ प्रतिशत पु¥याउने र काठमाडौंको बीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरिने उल्लेख गरेको छ । यस्तै एक परिवार एक रोजगारी अवधारणा प्रधावकारी रुपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखेको राप्रपाले तीन वर्षभित्र मुलुकमै रासायनिक मल कारखाना स्थापना गर्ने, निर्यातमुलक कृषि उत्पादनमा प्रोत्साहन गर्ने जनाएको छ ।

पूर्वाधार निर्माणलाई समृद्धिको आधार मानेर मेची महाकाली हुलाकी राजमार्ग, काठमाडौं हेटौडा जोड्ने सुरुरुङमार्ग, काठमाडौं जुम्ला राजमार्ग दुत्ररुपमा निर्माण गर्ने प्रतिवद्धता जनाएको राप्रपाले सातै प्रदेशमा स्मार्ट शहर र स्मार्ट गाउँ निर्माण गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्