Main News
घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु
२०७९ कार्तिक १४ गते १०:२६
![घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2020/05/death.jpeg)
१४ कात्तिक २०७९ काठमाडौं । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।
बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो ।
घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।
प्रतिक्रिया