Main News

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ कार्तिक १३ गते ९:११
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

१३ कात्तिक २०७९ काठमाडौं । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *