Main News

कालीकोटमा बम पड्किँदा दुई जनाको मृत्यु, तीन जना घाइते

हिमालय टिभी
२०७९ कार्तिक १२ गते १३:०६
कालीकोटमा बम पड्किँदा दुई जनाको मृत्यु, तीन जना घाइते

१२ कात्तिक २०७९ कालीकोट । कालीकोटमा विष्फोटक पदार्थ पड्किदा दुई बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

तिलागुफा नगरपालिका वडा नम्बर १० रानावाडामा कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षीया झरना थापाको घटनास्थलमै र ४ वर्षीया सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी गम्भीर घाइते भएका तिलागुफा नगरपालिका वडा नम्बर१० रानावाडका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ३ वर्षीया सपना थापाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *