Main News
चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
२०७९ कार्तिक १० गते ८:५५
१० कात्तिक २०७९ काठमाडौं । नेपालमा कोभिड १९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
तिहार, छठजस्ता चाडपर्वमा सङ्क्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको र उक्त भाइरस फैलिनसक्ने भन्दै मास्क लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने लगायतका मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया