Main News

तिहारलगत्तै निर्वाचन सामग्री ढुवानी शुरु गर्ने आयोगको तयारी

हिमालय टिभी
२०७९ कार्तिक १० गते ८:५०
तिहारलगत्तै निर्वाचन सामग्री ढुवानी शुरु गर्ने आयोगको तयारी

१० कात्तिक २०७९ काठमाडौं । तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

हाल आयोगबाट निर्वाचन क्षेत्रमा पठाइने मतपत्रसहित ५७ प्रकारका सामानको प्याकिङ भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक निर्वाचन सामग्रीमध्ये १५ प्रकारको सामान जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्नेछ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने अन्य सामग्री ढुवानी शुरु गर्ने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक १० देखि २० वटा ट्रकमा निर्वाचन सामग्री ढुवानी गर्ने योजना रहेको जानकारी दिनुभयो ।

प्रदेश तथा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र पनि तिहारपछि ढुवानी शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फका लागि आवश्यक पर्ने ४ करोड मतपत्रमध्ये १ करोड ८५ लाख छपाइ भइसकेको छ ।

सडक मार्गबाट सामग्री पु-याउन सम्भव नभए हेलिकप्टरबाट ढुवानी गरिने आयोगले जनाएको छ । यस्तै मतदाता शिक्षा पनि तिहार लगत्तै सुरु हुने आयोगको भनाइ छ ।

मतदाता शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेकाले स्थानीय स्वंयसेविका मार्फत मतदाता शिक्षा सञ्चालन गर्ने तयारीमा आयोग रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *