राजनीति

दाङमा चुनावी भिडन्त, यस्तो छ मतदाताको मत (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ९ गते १६:०९
दाङमा चुनावी भिडन्त, यस्तो छ मतदाताको मत (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७९ दाङ । दाङमा मुख्यगरी संयुक्त गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिरहेको बेला पछिल्लो समय पार्टीका नेताहरूले जितेपछि फर्केर नर्हेने भन्दै युवादेखि ज्येष्ठ नागरिकहरू भने पार्टीभन्दा पनि राम्रा र सक्षम उम्मेदवार छान्ने मनसाय व्यक्त गरेका छन् ।

दाङमा प्रतिनिधि सभाको लागि ३ वटा क्षेत्र र प्रदेश सभाको लागि ६ वटा निर्वाचन क्षेत्र छन् । जसमा जिल्लाका ४ लाख बढी मतदाताले ९ जनालाई चुन्नेछन् । तर, जिल्लामा स्वतन्त्र र विभिन्न पार्टीका गरी करिब ९० जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

तिमध्य केही सांसद देखि मन्त्री भएकाहरू छन् भने केही नयाँ अनुहारहरू छन् । तर, उनीहरू अहिले मतदाताको घर घरमा विभिन्न आश्वासन दिएर भोट माग्न व्यस्त छन् । यता मतदाताहरू भने यो पटक पार्टी भन्दा पनि सक्षम उम्मेदवारलाई भोट दिने योजनामा छन् ।

पञ्चायतकालदेखि हालसम्म भोट दिँदै आउनु भएका शान्तिनगर गाउँपालिका–३ कै ९१ वर्षीय चन्द्रबहादुर खत्रीले आफूहरूले जिताएर पठाएका नेताहरू गाउँमा भोट माग्ने समयमा मात्र आउने र अरु बेला नआउने गुनासो गर्नुहुन्छ । लामो समयदेखि एउटै पार्टीमा भोट दिएर कुनै प्रगति नभएको भन्दै अहिले मतदाता नयाँ पात्रको खोजि गरिरहेका छन् ।

यता, उम्मेदवार भने उही पुरानो एजेन्डा लिएर मैदानमा उत्रिएका छन् ।

मतदाताले फरक नेता खोज्दै गर्दा उम्मेदवार भने आफ्नो जीत सुनिश्चित रहेको दावी गरिरहेका छन् । के दाङका जनताले नयाँ अनुहारलाई नेतृत्वमा ल्याउलान् त रु आम चासोको प्रश्न बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्