राजनीति

मधेश प्रदेशको संघीय चुनाव : यस्ता छन् दल र स्वतन्त्र उम्मेदवार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ९ गते १४:५५
मधेश प्रदेशको संघीय चुनाव : यस्ता छन् दल र स्वतन्त्र उम्मेदवार (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७९ काठमाडौं । प्रतिनिधिसभामा कुल ३२ निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा यो पटक ठूला दलबाट दश नयाँ अनुहार चुनावी मैदानमा छन् । स्वतन्त्र र साना पार्टीका अधिकांश उम्मेदवार नयाँ भए पनि धेरैजसो क्षेत्रमा ठूला दलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

मधेस प्रदेशमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिए पनि जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि प्रतिस्पर्धी दल हुन् । कुल ३२ सिट रहेको मधेसमा प्रमुख दलका दश नयाँ अनुहार मैदानमा छन् । उनीहरुसँग अन्य दलका अनुभवी उम्मेदवार हुँदा चुनावी भिडन्त रोचक हुने देखिन्छ ।

एमालेबाट को-को छन् नयाँ उम्मेदवार ?
ज्वालाकुमारी साह
बारा-३
प्रतिस्पर्धी : रामबाबुकुमार यादव, जसपा र लालबाबु सिंह, लोसपा

अजय गुप्ता
रौतहट-१
प्रतिस्पर्धी: माधवकुमार नेपाल, नेकपा एकीकृत समाजवादी

लक्ष्मी महतो
महोत्तरी-१
प्रतिस्पर्धी : गिरिराजमणि पोखरेल, नेकपा माओवादी केन्द्र

राजकुमार गुप्ता
पर्सा-३
प्रतिस्पर्धी: सुरेन्द्रप्रसाद चौधरी, नेपाली कांग्रेस

जालिम मियाँ
पर्सा-४
प्रतिस्पर्धी : रमेश रिजाल, नेपाली कांग्रेस

रमाशंकर यादव
सिरहा-१
प्रतिस्पर्धी: पद्म नारायण चौधरी, नेपाली कांग्रेस

कांग्रेसबाट को छन् नयाँ उम्मेदवार ?

मोहम्मद फिरदोस आलम
रौतहट-२
प्रतिस्पर्धी : शैलेन्द्र साह, जसपा र किरण साह, स्वतन्त्र

जसपाबाट को को छन् नयाँ अनुहार ?

बालकिशोर यादव
सप्तरी-४
प्रतिस्पर्धी : तेजुलाल चौधरी, नेपाली कांग्रेस

सुरेन्द्र कुर्मी
पर्सा-२
प्रतिस्पर्धी : अजयकुमार चौरसिया

जनमत पार्टीबाट को छन् ?
सिके राउत
सप्तरी-२
प्रतिस्पर्धी : उपेन्द्र यादव, जसपा

मधेसमा प्रभु साहको स्वतन्त्र अभियान र अन्य स्वतन्त्र उम्मेदवारका कारण थप रोचक भिडन्त हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्