Main News

गठबन्धनको भेलाः केपी ओलीको एकोहोरो आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ८ गते २१:१४
गठबन्धनको भेलाः केपी ओलीको एकोहोरो आलोचना (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७९ काठमाडौं । मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा सत्तागठबन्धनले प्रदेशतहमा भेला तथा प्रशिक्षण कार्यक्रम सकेको छ ।

गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्तालाई घुलमिल गराउन र चिढिएकालाई फकाउन आयोजित ति कार्यक्रम उद्देश्य केन्द्रित सफल भयो या भएन । तर, गठबन्धनका शीर्ष नेता केपी ओलीको एकहोरो आलोचना गर्न भने सफल भएका छन् ।

विराटनगरबाट सुरु भएको सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय भेला र प्रशिक्षण सोमबार काठमाडौं गरेसँगै टुंगिएको छ । सातै प्रदेशका भेलामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेता सहभागि भए । सरकारी स्रोत–साधनको दुरुपयोगको आरोप खेपेका यि शीर्ष नेताले मञ्च भने केपी ओलीको उछितो काढ्न राम्रै सदुपयोग गरे ।

देउवा, प्रचण्ड र नेपालले सातै प्रदेशमा गरेको भाषणको सार हो, यो चुनाव केपी ओली र उनीहरुबीचको अन्तिम लडाईं हो । जसमा विजय नभए नेपालमा लोकतन्त्र नै सकिन्छ । गठबन्धनका नेताले एकहोरो गाली गरेको सुन्दा÷देख्ला लाग्छ उनीहरु ओलीसँग त्रस्त छन् । र, एमालेको चुनौति सामना गरेर जीत निकाल्न मुस्किल छ । स्थानीय तह निर्वाचनको संयुक्त मतमा एमालेभन्दा निकै अगाडि रहेको गठबन्धनले ओलीले दुई–दुईपटक गरेको संसद विघटनलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । तर, कार्यकर्ताबाहेक मतदातामा भने यो मुद्दा स्थापित हुन सकेको छैन ।

सत्ता गठबन्धनको कुनै दलले पनि आगामी नीति, योजना र कार्यक्रम भएको दस्तावेज चुनावी घोषणापत्र ल्याएका छैनन् । भावी सरकारबारे समान वा फरक धारणा के हो भनेर पनि प्रष्ट पारेका छैनन् । उनीहरु चुनावी एजेण्डामा प्रवेश गरेकै छैनन् । माधव नेपाल जत्तिको नेताले फेरि सत्तामा आए ओलीले आफूलाई जेल हाल्छन् भन्नु र उनले त्यसोभन्दा देउवा र दाहाललगायतका शीर्ष नेताले ताली बनाउनुले स्पष्ट हुन्छ उनीहरु यसपटक एजेण्डा होइन आलोचना आलोचनामा भोट माग्दै छन् ।

जब राजनीतिक दलले मुुद्दा बिना आरोप–प्रत्यारोपको अन्तहीन श्रृंखला सुरु गर्छन् तब नागरिकलाई सबै उस्तै हुन भन्ने भान पर्छ । व्यवस्था परिवर्तन गर्र्यौ अब अवस्था परिवर्तनका मुद्दा भन्ने दलहरुले कसैले खोस्न नसक्ने लोकतन्त्रलाई नै मूल चुनावी मुद्दा बनाउनुले यो देशमा जनजीविकाका विषय प्रधान होइनन् भन्ने फेरि पुष्टि हुँदैछ । ओलीको तागतले लोकतन्त्र खोसिन्न् भन्ने बुझेर पनि किन गठबन्धनले उनकै आलोचनालाई मूल चुनावी मुद्दा बनाएको होला ? भोट बटुल्न मात्रै हो वा अरु अदृश्य कारण पनि छन् ?

दुई–दुईपटक प्रजातन्त्र दरबारमा बुझाउने शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनले ओलीलाई दोषी देख्नुमा राजनीतिक कारण कम व्यक्तिगत इर्स्या वा कुन्ठा बढी त छैन ? सत्तामा रहेका दलहरुले प्रतिपक्षी दलका नेताको विरोधलाई नै चुनावको मूल एजेण्डा बनाउनुले उनीहरु एजेण्डाबिहीन छन् कि भन्ने अर्को प्रश्नलाई पनि बल पुर्‍याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *