Main News

प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आयोगले दियो यस्तो निर्देशन

हिमालय टिभी
२०७९ कार्तिक ८ गते ९:१८
प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आयोगले दियो यस्तो निर्देशन

८ कात्तिक २०७९ काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन प्रचारप्रसारका सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड ‘क’ तथा खण्ड ‘क’ को १० लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन आयोगले निर्देशन दिएको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहितामा सङ्घ सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित बनाउनुपर्ने तथा प्रचारप्रसार गर्दासमेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यसैबीच, निर्वाचन आयोगले, निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिनसक्ने जनाएको छ ।

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष दिन सकिने व्यवस्था गरिएको छ । यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिने सहायक प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *