Main News

लक्ष्मी पूजाको दिन पनि नेपाल भारतलाई बिजुली बेच्न सफल

हिमालय टिभी
२०७९ कार्तिक ८ गते ९:१३
लक्ष्मी पूजाको दिन पनि नेपाल भारतलाई बिजुली बेच्न सफल

८ कात्तिक २०७९ काठमाडौं । नेपालमा अत्यधिक विद्युत खपत हुने तिहारका बेला पनि नेपालले भारतलाई बिजुली विक्री गरेको छ ।

लक्ष्मी पूजा गर्ने साँझ पनि ३ सय ८० मेगावाट बिजुली भारतीय बजारमा विक्री गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको बेलुका ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग थियो ।

त्यो समयमा १ हजार ३ सय ५ मेगावाट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । विगतका वर्षहरूमा लक्ष्मी पूजाको माग धान्नका लागि बिजुली आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मी पूजाको ‘पिक लोड’ धानेको छ ।

अझ खपत हुन नसकेको बिजुली भारतसमेत निर्यात भएको छ भने २ सय मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *