Main News

देउसी-भैलोमा समयसीमा तोकिँदा नागरिकको आपत्ति, परम्परा प्रतिकूल निर्णय किन?(भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ६ गते २१:२९
देउसी-भैलोमा समयसीमा तोकिँदा नागरिकको आपत्ति, परम्परा प्रतिकूल निर्णय किन?(भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको तिहारमा देउसी भैलोको समय सीमा बेलुका नौ बजेसम्म कायम गरिएको छ ।

अन्य जिल्लामा पनि आआफ्नै ढंगबाट स्थानीय प्रशासनहरुले समय सीमा तोकेका छन् । बेलुका नौ बजेपछि नै देउसी भैलो खेल्न रोक लगाउने प्रशासनको निर्णयका विरुद्ध आम रुपमा आलोचना भैरहेको छ।

तिहारको तस्रो दिन लक्ष्मी पूजा गरेपछि देउसी भैलो खेल्न शुरु गरिन्छ । रातभर उज्यालो नहुँदासम्म साथी भाइ जम्मा भएर सामुहिक रुपमा देउसी भैलो खेल्ने नेपाली परम्परा नै हो । तर पछिल्ला वर्षमा स्थानीय प्रशासनहरुले देउसी भैलो खेल्ने समय सीमा तोक्न थालेपछि भने देउसी भैलो खेलेर रमाउन र संस्कृतिको जर्गेना गर्न चाहानेहरु अफ्टेरोमा पर्न थालेका छन् ।

यस वर्ष पनि काठमाडौं उपत्यकामा बेलुका नौ बजे नै देउसी भैलो खेल्न बन्द गर्नुपर्ने निर्णय स्थानीय प्रशासनले गरिसकेका छन् । यो निर्णयको आलोचना पनि भैरहेको छ । सभ्य र मर्यादित भएर देउसी भैलो खेल्न चाहानेहरुलाई समय सीमा तोकेर अवरोध गर्न नहुने नागरिकको मत छ ।

पहिले जस्तो मर्यादित भएर भन्दा पनि उत्श्रृङखल भएर देउसी भैलो खेल्न थालिएको र अपराध जन्य घटनाहरु पनि बढेकाले समयसीमा तोकेको मान्न सकिएला । तर, यसले संस्कृतिलाइ न्याय गर्दैन ।

कुनै चाडपर्व तथा अवसरहरुमा रातभर रमाइलो गर्ने छुट दिने तर हिन्दुको महत्वपूर्ण पर्व तिहारको देउसी भैलोमा समय सीमा तोक्दा न्यायोचित नहुने संस्कृतिविद्को तर्क छ ।

महिलाहरु भैलो र पुरुषहरु देउसी खेल्ने तिहारको महत्वपूर्ण पाटो हो । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररुपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू भाग ढाकिएकाले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए ।

त्यसबेला विष्णुले देऊ शिर भनी मागेकाले अपभ्रंश भई अहिले देउसी भन्ने गरिएको पाइन्छ । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो अधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरुले देउसी भैलो खेल्ने परम्परा रहन गएको भनिन्छ ।

त्यसैले त भैलोमा भन्ने गरिन्छ , हामी त्यसै आएको होइर्नौ , बलि राजाले पठाएका । पछिल्लो समय भने देउसी भैलोको नाममा विकृति पनि फैलाइए आरोप लाग्ने गरेको छ । भैलो र देउसी खेल्दा मर्यादित भएर सभ्य ढंगले मनाउन सके आफसी भाइचाराको अभिवृद्धि र संस्कृतिको संक्षणमा टेवा पुग्ने थियो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *