Main News

सन्दीपलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

हिमालय टिभी
२०७९ कार्तिक ६ गते १३:१८
सन्दीपलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

६ कात्तिक २०७९ काठमाडौं । किशोरी बलात्कारको आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अदालतले अनुमति दिएको छ ।

चौथो पटक म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा हाजिर गराईएका उनलाई अब २ दिन हिरासतमा राख्न अनुमति दिईएको हो ।

प्रहरीले अब अनुसन्धान सक्काएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन पेश गर्दै अभियोग दर्ता गराउने छ ।

यसअघि असोज २० गते पक्राउ गरेपछि उनलाई पहिलोपटक असोज २४ गते पहिलो पटक अदालतमा उपस्थित गराईएको थियो ।

अदालतले पहिलो पटक ७ दिन, दोस्रो पटक ५ दिनको र तेस्रो पटक गत बुधवार ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *