Main News

सातै प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गरिने

हिमालय टिभी
२०७९ कार्तिक ६ गते ८:५४
सातै प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गरिने

६ कात्तिक २०७९ काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गर्ने भएको छ ।

आउँदो मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनलाई सफल बनाउने उद्देश्यले मन्त्रालयले आजदेखि प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गर्न लागेको हो । आज बाग्मती प्रदेशमा बैठक बस्ने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न विभिन्न खाले रणनीतिसमेत तय गरिरहेको छ । प्रदेशस्तरीय सुरक्षा बैठकले सुरक्षा रणनीति तय गर्नसमेत सहयोग पु-याउने गृहले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनका लागि सातै प्रदेशको सुरक्षा अवस्था बुझ्न तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको बताउनुभयो ।

गृहसचिवको अध्यक्षता र गृहमन्त्रीको प्रमुख आतिथ्यतामा हुने बैठकमा केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवलगायतको उपस्थिति रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *