Main News

हेर्दा खाउँखाउँ लाग्ने मिठाइ पसलभित्रको अवस्था यस्तो ! (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ५ गते १६:४५
हेर्दा खाउँखाउँ लाग्ने मिठाइ पसलभित्रको अवस्था यस्तो ! (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७९ बुटवल । चाडपर्व तथा उत्सवको समयमा सबैभन्दा विक्री हुने खाने कुरा भित्र मिठाइ पनि पर्दछ । तिहारको बेला मिठाइको प्रयोग झनै हुने गरेको छ । मिठाइ पसल हेर्दा आकर्षक देखिए पनि भान्सा कोठा तथा भण्डारण स्थल भने फोहोर र दुर्गन्धित हुने गरेको पाइएको छ ।

यो बुटवलको सिद्धाबाबा मिष्ठान भण्डार हो । पसल भित्र छिर्दा सुन्दर र आकृषक देखिन्छ । मिठाइ सजाएर राखिएको छ । ग्राहकलाई सजिल्यै आकृषण गर्दछ । तर यसको भान्सा कोठा र भण्डारण कोठा भित्र छिर्दा भने दृश्य अर्कै देखिन्छ । भान्सा कोठा अब्यवस्थित र फोहोर हुनुको साथै कामदारले पकाउँदा सामान्य मापदण्डको पालना नगरेको पाइएको छ ।

अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा
सिद्धबाबाको मात्र होइन बुटवलका अधिकांश मिठाइ पसल बाहिरबाट सुन्दर देखिएपनि भान्सा कोठा भने फोहोर र सामान्य मापदण्डको पालना समेत नहुने गरेको देखिन्छ ।

बुटवल उपमहानगपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको संयुक्त अनुगमनमा अधिकांश मिठाइ पसलका भान्सा कोठा फोहोर, झ्यालमा जाली नलगाएको, रेफ्रि जेनेटर सरसफाई नगरेको भेटिएको छ ।

साथै भण्डारण कोठा भित्र सडेगलेका मिठाई पनि राखिएको पाइएको छ । तर उपमहानगरले बेला बेलामा अनुगमन गरेपनि कुनै कारबाहीको प्रक्रिया अघि नबढाएर सुधार गर्नेका लागि मात्र निर्देशन दिने गरेको छ ।

स्थानीय तहले नियमित रूपमा अनुगमन गर्न सके उपभोक्ता तथा ब्यवसायी पनि सचेत हुने सरोकारवालाको भनाई छ ।

अनुगमन र कारबाहि गर्ने अधिकार सम्पन्न निकायले पनि चाडपर्व लक्षित अनुगमन मात्र नभएर मापदण्ड भन्दा विपरित काम गर्नेलाई कारबाही भने गरेको पाइँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *