Main News
यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु
२०७९ कार्तिक ५ गते १०:००

५ कात्तिक २०७९ काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीप दान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीप दान आजदेखि शुरु हुने भए पनि काग तिहार भने भोलि परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आज नै परेको छ ।
धनवन्तरी जयन्ती भने भोलि परेको छ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ ।
प्रतिक्रिया