राजनीति

आसन्न चुनाव, कुन नेता कुन पार्टीको छुट्टयाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ५ गते ७:१०
आसन्न चुनाव, कुन नेता कुन पार्टीको छुट्टयाउनै मुस्किल (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७९ काठमाडौं । सत्तागठबन्धनमा रहेका नेताहरुलाई हेर्दा को कुन पार्टीको नेता हो छुट्याउन मुस्किल पर्न थालेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु अहिले हामी सबै एउटै हौ, भन्दै कार्यकर्ता फकाउन लागेका छन् ।

फरक विचार, सिद्धान्त र अलगै चुनाव चिन्ह भएका सत्ता गठबन्धनमा रहेका दलका शीर्षनेता एउटै दलको आभाष दिनेगरी अभिव्यक्ति दिन्छन् । चुनावी प्रचार–प्रसारमा जुटेका कांग्रेसको रुख, माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा र एकीकृत समाजवादीको कलम चिन्ह रहेको छ ।

उनीहरुको पछिल्लो अभिव्यक्ति हेर्दा प्रत्यक्षतर्फमात्र होइन, समानुपातिकमा पनि एक–अर्कालाई मतदान गर्न आग्रह गर्न थालेका छन् । यो हेरौं कांग्रेस र माओवादी केन्द्रका नेताहरुको अभिव्यक्ति ।

समानुपातिकतर्फको मतका आधारमा दलहरुले सांसद बनाउने तागत प्राप्त गर्छन् । उसो त यसपटक गठबन्धनमा रहेका दलहरुले क्षेत्र भागवण्डा गर्दा कतै कुन दल त कतै कतै कुन दलका उम्मेवार चुनावी मैदानमा छन् ।

उम्मेदवार नभएका दलको सो क्षेत्रमा समानुपातिकतर्फ मत घट्ने आँकलन भइरहँदा सत्तागठबन्धन निर्वाचन पछाडी कतै पार्टी एकतै हुँदैछ छैन भन्ने छनक दिइरहेका छन् । तर, दोस्रो तहका नेताहरु भने शीर्षको अभिव्यक्तिसँग खासै सहमत छैनन् । उनीहरु समानुपातिकतर्फको मत आफ्नै पार्टीका लागि जोगाउन सचेत रहेको बताउँछन् ।

उसो त अहिले नेपालका प्रमुख दलहरुको ध्यान विचार र सिद्धान्तभन्दा सरकारमै केन्द्रित देखिन्छ । गठबन्धनलाई कसिलो पार्दा मात्रै भावी सरकार आफ्नो हुने बुझेका गठबन्धनका शीर्ष नेता गठबन्धनभित्र विश्वासको वातावरण बनाउन इमान्दार देखिने प्रयासमा छन् ।

चुनावपछि गठबन्धनका माओवादी र समाजवादी एकताकै तयारीमा छन् । उसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने सरकारमा आलोपालै भएपनि प्रधानमन्त्रीको रणनीतिमा छन् । दलहरुको स्वार्थ मिलेकाले अहिले दलहरुबिच चोचोमोचो मिल्नुलाई स्वभाविक ठानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्