Main News
सत्ता गठबन्धनले जनतालाई अलमल्याइरहेको अध्यक्ष ओलीको आरोप
२०७९ कार्तिक ४ गते १८:३७
४ कात्तिक २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले आज काठमाडौंमा गरेको आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले निर्वाचनको बेला जनता अलमल्याइरहेको बताउनु भएको हो ।
उहाँले गठबन्धन सरकार काम गर्न जन्मिएको सरकार नभएको बताउनुभयो । अरुले २० वर्षमा गर्न नसकेको काम ३ वर्ष एमाले सरकारमा हुदाँ गरेको ओलीको दाबी छ ।
अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसीर ४ गते बस्ने जनताको महाअदालतले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने दाबी गर्नुभयो ।
प्रतिक्रिया