Main News

सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज

हिमालय टिभी
२०७९ कार्तिक ४ गते १८:२५
सत्ता गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज

४ कात्तिक २०७९ काठमाडौं । रुपन्देशी क्षेत्र नम्बर २ बाट सत्तारुढ गठबन्धनका राजु गुरुङको उम्मेदवारी खारेज हुनेभएको छ ।

सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी यथास्थितिमा राख्न दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै चुनावमा प्रतिष्पर्धा गर्नबाट रोक लगाएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङले निर्वाचन लड्न नपाउने आदेश गरेको हो ।

आदेशमा गुरुङ निर्वाचन कानूनअनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न अयोग्य देखिएकाले अन्तरिम आदेश जारी गर्ने अवस्था नरहेको उल्लेख छ ।

निर्वाचन आयोगले बैंकिङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णय विरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । गुरुङको रिटमा सर्वोच्चले असोज ३० गते उम्मेदवारी कायम राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *