Main News

सामाजिक सञ्जालको बढ्दो प्रयोग, फेरियो चुनावी प्रचार शैली (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ३ गते ७:५८
सामाजिक सञ्जालको बढ्दो प्रयोग, फेरियो चुनावी प्रचार शैली (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७९ काठमाडौं । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । प्रचार–प्रसारका लागि समय कम लाग्ने र सबैको पहुँचमा हुने भएकाले यसको प्रयोग बढ्दो छ ।

सामाजिक सञ्जालको यहि बढ्दो लोकिप्रियताले गर्दा यो पटकको चुनावी प्रचारको शैली पनि परिर्वतन भएको छ ।

सामाजिक सञ्जालको लोकप्रियता बढेसँगै नेपालमा प्रचारको शैली फेरिदै गएको छ । मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवारले सामाजिक सञ्जाललाई प्रचारको माध्याम बनाएका छन् ।

भित्ता कोर्ने, पर्चा पम्प्लेट बाँड्ने लगायताका परम्परागत विधिलाई कम गर्दै दल तथा नेताले आसन्न निर्वाचनको प्रचारप्रसारको माध्यम सामाजिक सञ्जाल नै प्रभावकारी मानेका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मको समाजिक सञ्जालमा बाढ्दो प्रयोगको फाइदा उठाउँदै दलहरुले समाजिक सञ्जाललाई प्रचारको माध्यम बनाएका छन् ।

नेपालमा फेसबुक, टिकटक, ह्वाट्स एप, ट्वीटर, भाइबर लगायतका समाजिक सञ्जाल बढी लोकप्रिय छन् । त्यसमा पनि फेसबुक र टिकटकलाई उम्मेदवारले पहिलो प्राथमिकतामा राखेका छन् ।

नेपालमा इन्टरनेट प्रयोगकर्ता– कुल जनसंख्याको ४० प्रतिशत
फेसबुक प्रयोगकर्ता– १ करोड २३ लाख
टिकटक प्रयोगकर्ता– ६० लाख
इन्स्ट्राग्राम प्रयोगकर्ता– २५ लाख
ट्वीटर प्रयोगकर्ता – ५ लाख

एक करोड २० लाखभन्दा बढी जनसंख्या सामाजिक सञ्जालमा आवद्ध रहँदा उम्मेदवारको प्रचार शैली फेरिएको हो । हरेक व्यक्तिले प्रत्यक्ष जानकारी पाउने भएकाले पनि नेताहरु सामाजिक सञ्जाललाई प्रभावकारी मान्छन् ।

यतिवेला प्रचार–प्रसारमा प्रयोग भएका सामग्री बुस्ट गर्ने चलन पनि सुरु भएको छ । अर्थात सम्बन्धित सामाजिक सञ्जाललाई रकम तिरेरै धेरैभन्दा धेरै माझ आफ्ना सामग्री पुराउने गरिन्छ । आफ्नो क्षेत्र छुट्याएर होस् वा आफूसँग नजोडिएका मतदातासम्म पुग्न सहज हुने माध्यामका रुपमा सामाजिक सञ्जाललाई लिने गरिन्छ ।

अहिले उम्मेदवार सामाजिक सञ्जालबाट मतदातासँग मत र अतिरिक्त सहयोगका लागिसमेत अपिल गरिरहेका छन् । यसले छापाखानालाई भन्दा सामाजिक सञ्जालका विज्ञलाई भ्याइनभ्याइ छ । सामाजिक सञ्जालको प्रचार मात्रै उनिहरु सिमित भने छैनन् ।

जनताका घर दैलोमा पनि उनिहरु लागेका छन् । घरदैलो गर्दा ताका आफ्नो दौडधुप सामाजिक सञ्जालबाट सँगसँगै प्रचार गरिरहेका छन् । आसन्न निर्वाचनमा २ हजार ४ सय १२ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । ती मध्ये केहि बाहेक अधिकांसले सामाजिक सञ्जाललाई प्राथमीकताका साथ प्रयोग गरिरहेकाछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *