Main News
बझाङमा जीप दुर्घटना : ज्यान गुमाउने चारको पहिचान खुल्यो
२०७९ कार्तिक २ गते १८:३६

२ कात्तिक २०७९ बझाङ । बझाङमा जिप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चार जनाको सनाखत भएको छ ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार मृतकमध्ये चार जनाको सनाखत भएको हो ।
सनाखत हुनेमा १२ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८वर्षीया बसन्ती धामी छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको जिप दुर्घटना भउको थियो ।
जिप सडकबाट दुई सय मिटर खसेर भीरमा अड्किएको छ । दुर्घटनामा घाइते १३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
प्रतिक्रिया