Main News

२८ लाख घुससहित इञ्जिनियर पक्राउ

२०७९ कार्तिक २ गते १८:३०
२८ लाख घुससहित इञ्जिनियर पक्राउ

२ कात्तिक २०७९ रामेछाप । रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन् ।

पक्राउपर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रु १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नगद चेक लिइसकेका अवस्थामा उक्त रकम र चेकसहित मन्थली– १ स्थित इञ्जिनीयरको निवासबाटै आज नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *