सिटौलालाई पराजित गरिछाड्ने राप्रपा अध्यक्ष लिङ्देनको दाबी (भिडियो रिपोर्टसहित)
२ कात्तिक २०७९ झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।
झापाको भद्रपुरका पूर्वमेयर भारतेन्दु मल्लिकलाई आज राप्रपा प्रवेश गराउँदै अध्यक्ष लिङ्देनले दोस्रोपटक पनि आफूले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउने दाबी गर्नुभएको हो ।
लिङदेनले २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई पराजित गर्नुभएको थियो । अध्यक्ष लिङदेनले स्वच्छ प्रतिस्पर्धामा उत्रिन नसकेपछि कांग्रेसका नेता–कार्यकर्ताले आफूविरुद्ध कुप्रचार गरिरहेको गुनासो पनि गर्नुभयो ।
कांग्रेस नेता सिटौलाको गृहनगर भद्रपुरमा २०४९ र २०५४ मा दुईपटक मेयर निर्वाचित हुनुभएका मल्लिक पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
कार्यक्रममा अध्यक्ष लिङ्देनले एमालेसँगको चुनावी तालमेल सफल बनाउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको थियो ।
प्रतिक्रिया