Main News

नेकपा एसका उम्मेदवार गुरुङको मुद्दामा आज सुनुवाइ हुने

हिमालय टिभी
२०७९ कार्तिक २ गते ९:११
नेकपा एसका उम्मेदवार गुरुङको मुद्दामा आज सुनुवाइ हुने

२ कात्तिक २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने÷नगर्नेबारे आज सुनुवाइ हुने भएको छ ।

दुई न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च प्रशासनले जनाएको छ । उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उहाँ रुपन्देही–२ मा उम्मेदवार हुन पाउनुहुनेछ ।

अन्यथा उहाँको उम्मेदवारी खारेज सदर हुनेछ । यसअघि दुवै पक्षलाई कात्तिक २ गते छलफलमा बोलाएर अल्पकालीन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *