Main News

सल्यानमा अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु

हिमालय टिभी
२०७९ कार्तिक १ गते १०:०८
सल्यानमा अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु

१ कात्तिक २०७९ सल्यान । सल्यानमा अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको सिद्ध कुमाख गाउँपालिका १ हममपालका २१ वर्षका शोभा बस्नेत बुढाथोकी र उहाँका ४ वर्षका छोरी प्राप्ती बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हिजो साँझ खेतमा धान काटेर घर फर्कने क्रममा अकस्मात आएको अरिङ्गालले तीन जनालाई टोकेको थियो ।

अरिङ्गालले टोकेर घाइते आमा छोरीको सल्यान श्रीनगर स्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा छोरी प्राप्तीको बाटोमै मृत्यु भएको थियो भने आमाको आज बिहान कोहलपुर मेडिकल कलेजमा पु¥याई जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका २१ वर्षका नविन बस्नेतको श्रीनगर स्थित परोपकार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *