Main News
शताब्दी पुरुष जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा
२०७९ कार्तिक १ गते ९:५२

१ कात्तिक २०७९ काठमाडौं । सरकारले ‘वाङमय शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरेर आज देशभर बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । जोशीको १०३ वर्षको उमेरमा गत आइतबार बिहान निधन भएको थियो ।
उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया