बागी उम्मेदवारहरुलाई कांग्रेस प्रवक्ता महत गरे यस्तो आग्रह (भिडियो रिपोर्टसहित)
३१ असोज २०७९ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले धेरै सिट जित्नका लागि थोरै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपरेको बताउनुभएको छ ।
केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन आयोजना गरेर उहाँले पार्टीका बागी उम्मेदवारलाई धेरै सीट जित्नका लागि गठबन्धन गर्नु परेको यथार्थ बुझ्न आग्रह गर्नुभयो ।
प्रवक्ता महतले बागी उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनलाई सहयोग गर्दै कांग्रेसलाई पहिलो दल बनाउन आह्वान गर्नुभयो । प्रवक्ता महतले निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संवैधानिक अंगमा प्रहार भएपछि पाँच दल एक ठाउँमा उभिएर गठबन्धन बनाउनु परेको उल्लेख गर्दै कम स्थानमा उम्मेदवारी दिंदा कांग्रेसका योग्य बाहिर बस्नुपर्ने अवस्था आएको बताउनुभयो ।
प्रतिक्रिया