राजनीति

कैलालीमा यसरी हुँदैछ प्रतिनिधि र प्रदेशसभा चुनावी भिडिन्त (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३१ गते १७:५७
कैलालीमा यसरी हुँदैछ प्रतिनिधि र प्रदेशसभा चुनावी भिडिन्त (भिडियो रिपोर्टसहित)

३१ असोज २०७९ कैलाली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ मा यो पटक एमाले र सत्तारुढ गठबन्धनलाई चुनौती दिन नागरिक उनमुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ ।

एमाले तेस्रो पटक जीत निकाल्ने योजना बनाइरहँदा नेपाली कांग्रेसका उम्मेदवारलाई भने गठबन्धनको भर छ ।

कैलाली क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । कांग्रेसपछि एमाले र माओवादीले पनि आआफ्नो शाख बचाएका छन् । स्थानीय तह २०७९ को निर्वाचनमा कैलालीमा पहिलो भएको नागरिक उन्मुक्ति पार्टी यो निर्वाचनमा सबै भन्दा बढी चुनौती छ ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेले निवर्तमान सांसद झपट रावललाई उठाएको छ भने गठबन्धनका साझा उम्मेदवार भगत बडुवाल मुक्ति छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी चुनावी मैदानमा छन् । चौधरी भने वैकल्पिक शक्तिले यो पटक जित निकाल्ने दावी गर्दै आउनुभएको छ ।

यता एमाले उम्मेदवार रावलले भने जनताको पक्षमा गरेका कामको मुल्यांकन अनुसार भोट आएर निर्वाचित हुने अपेक्षामा हुनुहुन्छ ।

तर, गठबन्धनका उम्मेदवारलाई भने काम गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त हुनुहुन्छ ।

स्थानीय तहको मत हेर्दा कैलालीमा एमालेको १७ हजार ८ सय ३४ मत छ भने कांग्रेसको १३ हजार ८ सय २० मत छ । माओवादी ८ हजार ७ सय २४ मतमा हुँदा नागरिक उनमुक्ति पार्टीको ५ हजार २ सय ४६ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्