Main News

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असोज ३१ गते ९:५०
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

३१ असोज २०७९ काठमाडौं । आज पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले देशको पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *