Main News
खर्च विवरण बुझाउन कात्तिक ५ गतेसम्मको समय तोकियो
२०७९ असोज ३१ गते ९:४२

३१ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा गरिएको खर्च विवरण बुझाउन समानुपातिक बन्दसूचीमा समावेश उम्मेदवारलाई कात्तिक ५ गतेसम्मको समय तोकेको छ ।
आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश उम्मेदवारमध्ये स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका ४ सयभन्दा धेरै उम्मेदवारलाई जरिवानाबापतको रकम कात्तिक ५ गतेभित्र बुझाउन भनेको हो ।
आयोगका सचिव एवं मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जरिवाना नबुझाए नाम हटाइने जानकारी दिनुभयो ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको उम्मेदवारीका लागि उम्मेदवार बन्न रोक्ने किसिमको बहालवाला पदबाट असोज २३ गतेअघि नै दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया