Main News

यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेन

हिमालय टिभी
२०७९ असोज ३० गते ९:१४
यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेन

३० असोज २०७९ काठमाडौं । कृषि विभागले धान रोपाइँको क्षेत्रफल नबढेको बताएको छ ।

प्रदेश १ बाट प्राप्त तथ्याङ्कमा त्रुटि पाइएपछि वास्तविक विवरण पठाउन भनिएको विभागका महानिर्देशक डा. रेवतिरमण पौडेलले जानकारी दिनुभयो । केही दिनअघि विभागले २०७९ सालको साउनसम्म मुलुकभरमा १४ लाख २८ हजार ४ सय ९ हेक्टरमा रोपाइँ भएको तत्याङ्क सार्वजनिक गरेको थियो ।

२०७८ को तुलनामा धान रोपेको उक्त क्षेत्रफल ८५ हजार ५ सय ८९ हेक्टरले बढी भएको पाइएपछि कृषि मन्त्रालयले पनि चासो देखाएको थियो । महानिर्देशक पौडेलका अनुसार केही दिनअघिसम्म परेको लगातारको पानीका कारण भएको क्षतिको विवरण पठाउन पनि प्रदेश सरकारहरूलाई भनिएको छ ।

करिब १ हप्तामा क्षतिको विवरण आउने र त्यसपछि मात्रै राहत दिने वा नदिने भन्ने बारेमा निर्णय लिइने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *