Main News

डेंगुका अधिकांश बिरामीमा घाँटीमा समस्या देखिएकाले सजग रहन चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज २९ गते १८:०८
डेंगुका अधिकांश बिरामीमा घाँटीमा समस्या देखिएकाले सजग रहन चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

२९ असोज २०७९ काठमाडौं । चिकित्सकले डेंगुका अधिकांश बिरामीमा घाँटीमा समस्या देखिएको भन्दै सजग रहन सुझाव दिएका छन् ।

डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् ।

डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने गर्छ । डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लागेमा नआत्तिन चिकित्सकको आग्रह छ ।

फ्लू बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *