Main News

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

हिमालय टिभी
२०७९ असोज २८ गते १८:०९
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

२८ असोज २०७९ काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।

आज साँझ किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।

अस्पतालले संस्कृतिविद जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले समेत काम नगरेको जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् जोशी असोज ७ मा अस्पताल भर्ना हुनुभएको थियो ।

पछिल्लो समय स्वास्थ्य थप प्रतिकुल भएपछि आइसीयूमा राखेर उपचार भइरहेको छ । उहाँको मुटुको चालमा पनि समस्या रहेको अस्पतालले जनाएको छ । विज्ञप्ति अनुसार जोशीलाई ५ लिटर प्रतिमिनेटका दरले अक्सिजन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *