Main News

सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित संयुक्त कार्यकर्ता भेला गर्ने

हिमालय टिभी
२०७९ असोज २८ गते १३:०९
सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित संयुक्त कार्यकर्ता भेला गर्ने

२८ असोज २०७९ काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ ।

गठबन्धन बैठकले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारासहित सबै प्रदेशमा भेला आयोजना गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ ।

यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्नेछ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ ।

कात्तिक ४ गते बिहान ११ बजे पोखरा, दिउँसो २ बजे बुटवल, कात्तिक ५ गते दिउँसो ११ बजे विराटनगर, दिउँसो २ बजे जनकपुर, कात्तिक ६ गते बिहान ११ बजे धनगढी, कात्तिक ६ गते दिउँसो २ बजे सुर्खेत र कात्तिक ७ गते बिहान काठमाडौंमा भेला हुने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *