Main News
मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने
२०७९ असोज २७ गते १०:५३
२७ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ ।
उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरूले पाउने मतबारे सर्वेक्षण नगर्न आयोगले निर्देशन दिएको हो । मतबारे सर्वेक्षण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगले प्रष्ट पारेको छ ।
निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।
मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले चेतावनी दिएको छ ।
प्रतिक्रिया