Main News

रुपन्देहीमा घनश्याम भुसाल निकट ३७ जना नेताले त्यागे एमाले

हिमालय टिभी
२०७९ असोज २६ गते १६:२८
रुपन्देहीमा घनश्याम भुसाल निकट ३७ जना नेताले त्यागे एमाले

२६ असोज २०७९ रुपन्देही । एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाल निकट ३७ नेता कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेश कमिटीमा रहेका २ जना सदस्य सहित ३७ जनाले पार्टी परित्यागको घोषणा गर्दै भुसाललाई समर्थन गरेका हुन् । क्षेत्र नम्बर १ अन्तर्गतका रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले एमाले परित्याग गरेको जनाएका छन् ।

प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीतकुमार रायसहितले एमाले छोडेको घोषणा गरेका छन । घनश्याम भुषालजस्तो इमान्दार नेतालाई पाखा लगाएको उपाध्यायले आरोप लगाएका छन् ।

यो क्षेत्रबाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन भइ प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशिश चौधरीले उम्मेदवारी दिएका छन् ।

यस्तै घनश्याम भुषालको प्यानलमा नेपाली कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाक प्रदेश सभाका उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *