Main News

दीपक मनाङे मनाङ ख बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

हिमालय टिभी
२०७९ असोज २६ गते १३:१४
दीपक मनाङे मनाङ ख बाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

२६ असोज २०७९ काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित हुनु भएको छ ।

अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध हुनु भएको हो । मनाङे हाल गण्डकी सरकारका युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ ।

निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् ।

मनाङले शुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताउनु भएको थियो । तर मनोनयन गर्नुअघि गठबन्धन छोडिसकेको बताएपछि एमालेले उम्मेदवारी दिएन ।

मनाङको प्रतिनिधि सभा र ‘क’ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएका थिए। तर प्रदेश सभा ‘ख’ मा कुनै दलले उम्मेदवार अघि सार्न सकेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *