Main News
वाङ्मय शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन सकेन
२०७९ असोज २५ गते ९:०३

२५ असोज २०७९ काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
छातीमा समस्या आएपछि ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन कक्षमा उहाँको उपचार भइरहेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको हो ।
उहाँको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक शुरु गरिएको र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि उपचार थालिएको पनि अस्पतालले बताएको छ ।
जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ ।
प्रतिक्रिया