बलात्कार आरोपी क्रिकेटर सन्दीपमाथि अनुसन्धान गर्न सात दिन म्याद थप

२४ असोज २०७९ काठमाडौं । नाबालिग बलात्कारको आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले बलात्कार प्रकरण अनुसन्धानका लागि आज ७ दिनको म्याद दिनु भएको हो । गत २० गते पक्राउ परेका सन्दीपलाई त्यही दिनदेदेखिनै लागू हुने गरी ७ दिनको म्याद दिइएको हो ।
अब २ दिनपछि यस घटनाको थप अनुसन्धान गरी पुन म्याद थप गर्ने वा अभियोग दर्ता गर्ने निर्णय हुनेछ । बिहीबारनै पक्राउ परेको भएपनि दशैंपछि आज अदालत खुलेको हुनाले प्रहरीले उनलाई आज बिहानै अदलातमा उपस्थिति गराएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई प्रहरी वृत गौशालामा राखिएको छ । अदालतमा सोधपुछका क्रममा सन्दीपले पीडिड भनिएकी किशोरी नाबालिग नभएको दाबी गरे । वादीकै आग्रहमा भेटेपनि जाहेरीमा उल्लेख भए जस्तो घटना भने नभएको सन्दीपले जिकिर गरे ।
मिसिलमा संलग्न किशोरीको नागरितामा जन्म मिति २०६२ रहेपनि उनको दुईवटा जन्मदर्ता भेटिएको भन्दै सन्दीपका अधिवक्ता सरोज कृष्ण घिमिरेले उनलाई फसाउन खोजेको आशंका गरेका छन् । त्यस्तै, आफ्नो गोपनीयताका विषयमा समेत सन्दीपले अदालतमा प्रश्न गरेका थिए ।
प्रतिक्रिया