Main News

काठमाडौंका पोलमा गुजुल्टिएका तार, दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

२०७९ असोज २२ गते २०:५१
काठमाडौंका पोलमा गुजुल्टिएका तार,  दुर्घटनाको जोखिम (भिडियो रिपोर्टसहित)

२२ असोज २०७९ काठमाडौं । बिजुली, इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायकले टाँगेका तारले शहर नै कुरुप देखिएको छ । काठमाडौं उपत्यकामा त यो समस्या झन बढी छ । तारले उपत्यकाको सौन्दर्य मात्र कुरुप बनाएको छैन दुर्घटनाको जोखिम पनि बढाएको छ ।

काठमाडौं उपत्यकासहित देशका मुख्य शहरका सडक किनारमा बिजुली, इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रदायका तार लथालिङ्ग छन् । कँही तार चुँडिएर सडकमा लत्रिएको देखिन्छ, कँहि गुजुल्टो पारेर त्यत्तिकै छोडिएको छ ।

जताततै तारको यस्ता गुजुल्टो देखिन्छ । यो गुजुल्टोले शहरलाई कुरुप मात्र देखाएको छैन आगलागीको जोखिम पनि बढाएका छनन् । पोलमा जुजुल्टिएको तारमा बारम्बार आगलागी हुने गरेको छ । मुख्य व्यापारिक स्थानमा समेत अव्यवस्थित तार रहँदा कुनै पनि बेला आगलागी भएर ठूलो दुर्घटना हुने डर छ । तारको यस्तो अव्यवस्था विश्वका ठूला सहरमा कतै नदखिने विज्ञ बताउँछन् ।

बिजुलीका पोलकोसमेत उचित व्यवस्थापन नहुँदा सडक क्षेत्रमा व्यवसाय गर्नेहरू पैदल हिड्ने यात्रीहरूले समेत सास्ति खेप्नु परेको छ ।

तार तान्ने कम्पनीबीच पनि समन्वय हुँदैन । एकले अर्कोलाई दोष देखाएर पन्छिने गरेका छन् । त्यसैले सरकार र नियमनकारी निकायले आधारभूत प्रविधि र जोखिम हेरेर अब ढिलो नगरी यसको समाधान खोज्नुपर्नेमा विज्ञले जोड दिएका छन् ।

अव्यस्थित तारले आगलागीको जोखिम र सहरलाई कुरुप पारिरहँदा सरकारको ध्यान पुग्न सकेको छैन । सबै तार भूमिगत गर्ने सरकारी योजना पनि अलपत्र परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *