Main News

भोलि हुने उम्मेदवारी मनोनयनको दर्ता नसर्ने निर्वाचन आयोगको प्रष्टीकरण

हिमालय टिभी
२०७९ असोज २२ गते १६:२९
भोलि हुने उम्मेदवारी मनोनयनको दर्ता नसर्ने निर्वाचन आयोगको प्रष्टीकरण

२२ असोज २०७९ काठमाडौं । निर्वाचन आयोगले भोलि हुने उम्मेदवारी मनोनयनको दर्ता नसर्ने प्रष्ट पारेको छ ।

मनोयन दर्ताको तयारीबारे जानकारी दिन आज अयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका कार्यक्रम सार्न कानूनले नदिने भन्दै तोकिएको मिति र समयमा मनोनय दर्ता हुने दावी गर्नुभएको हो ।

देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्न आयोगलाई आग्रह गरेको थियो । तर, प्रमुख आयुक्त थपिलयाले निर्वाचन कानुनले प्राकृतिक विपत्तिका कारण मनोनयन पछि सार्न छुट नदिएको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले उम्मेदवार प्राकृतिक विपद्का कारण उम्मेद्वार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने कानूनी व्यवस्था रहेको बताउनुभयो ।

आयोगले आइतबार १० देखि ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध भइसकेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *