Main News

सभामुख सापकोटाद्वारा उम्मेदवार नबन्ने घोषणा

हिमालय टिभी
२०७९ असोज २२ गते १५:०९
सभामुख सापकोटाद्वारा उम्मेदवार नबन्ने घोषणा

२२ असोज २०७९ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।

मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गर्नुभएको हो । सापकोटाले युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पार्नुभयो ।

आफू सिन्धुपाल्चोक १ बाट पहिलो नम्बरमा सिफारिस भएको र जित्ने निश्चित भए पनि युवाहरूकै लागि यस्तो कदम उठाएको उहाँको दावी छ । सिन्धुपाल्चोक माओवादीले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो ।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आकांक्षी हुनुहुन्थ्यो । अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित हुनुभएको थियो । सापकोटा २०६८ मा सूचना तथा सञ्चार र २०७२ सालमा भूसंरक्षण मन्त्री बन्नुभएको थियो भने २०७६ माघ १२ गते सभामुख निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *