Main News

एमाले र जसपाले टुङ्ग्याए सिट बाँडफाँट, एमालेले ३५ र जसपाले १७ सिटमा तालमेल गर्ने

हिमालय टिभी
२०७९ असोज २२ गते १२:५७
एमाले र जसपाले टुङ्ग्याए सिट बाँडफाँट, एमालेले ३५ र जसपाले १७ सिटमा तालमेल गर्ने

२२ असोज २०७९ काठमाडौं । नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ ।

आज बिहान बालकोटमा एमालेले ३५ र जसपाले १७ सिटमा तालमेल गर्ने सहमति भएको हो । एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधिसभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ ।

यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ । त्यस्तै, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको पाँच वटै निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा पनि एमालेले जसपासँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।

यसैगरी एमालेको समर्थनमा जसपा नेपालले सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा उम्मेदवारी दिनेछ ।

तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यस्तै, प्रदेशसभातर्फ ४२ सिटमा एमालेले जसपालाई सघाउने भएको छ भने ७० वटा सिटमा एमालेलाई जसपाले सघाउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *