Main News

आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असोज २२ गते ९:०३
आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

२२ असोज २०७९ काठमाडौं । आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेका कारण नेपालका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा सामान्य बदली रहेको छ । आज बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने बताएको छ । महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा राति पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *